News

चीनयाँ सेनाको टोली किन आउँदैछ नेपाल, भारतको के छ प्रतिक्रिया ?

चीनयाँ सेनाको टोली किन आउँदैछ नेपाल, भारतको के छ प्रतिक्रिया ?

चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज नेपाल आउँदैछ। 

तीन दिने औपचारिक भ्रमणका लागि चीनियाँ सेनाको टोली काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बतायो ।

भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो। यता भारतीय सम्वन्धका हिसावले चीनियाँ सेनाको नेपाल भ्रमणलाई गम्भिर रुपमा लिनुपर्ने सुरक्षाविदहरु वताउँछन्।

चीनसँग नेपालको सम्वन्धलाई भारतले आफनो देशको सुरक्षासँग जोडेर हेर्ने गरेको छ। नेपालमा चीनको सकृयता भारतलाई घेर्ने रणनीतिका रुपमा भारतले अथ्र्याउने गरेको छ। यस्तो अवस्थामा सेनाकै टोली नेपाल आउनुलाई गम्भिर रुपमा हेर्नु पर्ने उनीहरुको भनाई छ।

विशेष