News

सन्दीप लामिछानेको बलात्कारको मुद्दा अझै किनारा लागेन, फेरी झिकाईयो कागज

सन्दीप लामिछानेको बलात्कारको मुद्दा अझै किनारा लागेन, फेरी झिकाईयो कागज

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्वन्धि मुद्दा आज पनि छिनोफानो हुन सकेन। अदालतले फेरी पनि पीडित किशोरी र उनको परिवारको जन्ममिति यकिन गर्न कागजात माग गरेको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित र परिवारका सदस्यका जन्ममितिमा एकरुपता नपाइएको भन्दै जन्ममिति यकिन गर्न पून कागजात माग गरेको हो।


पीडित गौशाला २६ को जन्म दर्ता किताबको प्रमाणित प्रतिलिपी पठाईदिनु भनी सोही अदालतको आदेशाबाट स्थानीय तहबाट माग गरिएकामा त्यहाँबाट यकिन हुने कागजात नआएको भन्दै बसाइसराईको फारमसँगै पेश भएको नागरिकताको प्रतिलिपी लगायतका कागजात अदालतले माग गरेको छ।

यसअघिको आदेशबाट प्राप्त कागजातमा तत्कालीन समयमा अनलाइनबाट फारम भर्ने गरिएकाले जन्मदर्ता किताबको अभिलेख नरहेको भनी पत्र आएको थियो । तर प्रतिवादीका तर्फबाट पेश भएको कागजातमा भने पीडितको जन्म दर्ता किताबको सम्बन्धित पृष्ठको प्रतिलिपि पेश गरेको भन्दै प्रतिवादीले उक्त जन्म दर्ता किताबको प्रतिलिपि कुन निकायबाट प्राप्त गरेको हो भन्ने सम्बन्धमा प्रतिवादीको कागज गराई प्रतिवादीले भनेको आधारमा सम्बन्धित निकायमा पत्राचार गरी जन्मदर्ता किताबको प्रमाणित प्रतिलिपि झिकाएर मिसिलमा राख्न समेत आदेलतले आदेश दिएको छ।

प्रतिवादीले बयानका क्रममा पीडितको जन्म नारायाणी अस्पताल, बीरगञ्जमा भएको र त्यहाँबाट कागजात झिकाई प्रमाणमा लगाइ पाउँ भनेकाले पनि दुवैतर्फको काजग भिडाउन खोजिएको जनाईएको छ। 

प्रतिवादीले नै प्रमाणको रुपमा पेश गरेको स्थानीय तहमा बसाईसराई गर्दाको पीडितको उमेर समेतको विवरण र अस्पतालमा रहेको विवरणसँग भिडाई एकिन गर्नुपर्ने देखिएको भन्दै पीडितका अभिभावकले बसाई सराई प्रमाणपत्र प्राप्तिको लागि वडा कार्यालयमा दिएको निवेदनसँगै उपलब्ध गराएको कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेतका कागजातको प्रमाणित प्रतिलिपि वडा कार्यालयबाट माग गर्ने आदेश भएको छ।
 

सन्दीप लामिछाने

विशेष