News

आरजुलाई बाँदरको चिन्ता !

पञ्चायत कालमा निकुन्जमा सिकार गर्दा प्रधानमन्त्रीले पनि भाग पाउँथे

आरजुलाई बाँदरको चिन्ता !

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बाँदरको संख्या कहालीलाग्दो अवस्था भएको भन्दै नियन्त्रणका लागि के गर्ने भन्नेबारेमा अध्ययन नै गर्नुपर्ने बताएकी छिन्।

बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम नै गर्न आग्रह गरिन।

‘अरु देशको कुनै मोडेल छ कि ? हाम्रो यति धेरै ठाउँमा जाली लगाएर कसरी खेती गर्ने ? त्यस्तो हाम्रो स्रोत साधन पनि छैन । यो इश्युलाई कलिङ गर्न सक्ने भए कलिङ गर्ने, हाम्रो धर्म संस्कृतिले दिए अनुसार कलिङ गर्ने, बाँदर त कसैले पनि खाँदैन’ उनले भनिन्–‘सो ह्वाट टु डु इट बाँदर ?’ 

उनले पञ्चायत कालमा गोकर्ण निकुञ्जभित्र मृगको सिकार हुने गरेको र प्रधानमन्त्रीले समेत भाग पाउने गरेको खुलासा गरिन। ‘गोकर्ण राष्ट्रिय निकुञ्जभित्र, अहिले त म नगएको धेरै भयो, त्यहाँको चित्तलहरु एकदम सानो भएर जाने, किनभने ‘वीक इन ब्रिडिङ मात्र हुने, अनि त्यहाँ कलिङ पनि कहिल्यै नहुने । पहिला पञ्चायतकालमा दरबारबाट बेला–बेला त्यहाँ शिकार जाने, कलिङ गर्ने हुन्थ्यो’ उनले भनिन्–‘अनि प्रधानमन्त्रीहरुले पनि एउटा दुईटा पाउँथे, त्यो चाँही थाहा भएको। पहिला त्यस्तो हुन्थ्यो तर अहिले, मेरो माइती बर्दिया, त्यहाँका मान्छेले यति दुःख पाएका छन्, छाडा गाईले सताउने त्यत्तिकै, बँदेलले सताउने त्यत्तिकै, बाघले मान्छे खाने त्यत्तिकै ।’ 

यति भन्दै गर्दा उनले ‘यो कुरा चाँही प्रेसमा नजाओस्’ भन्दै सावधानी पनि अपनाईन। उनले अन्तर्राष्ट्रिय सन्धीमै हस्ताक्षर गरेकाले बाघ मार्न नहुने तर लाइसेन्स दिएर बँदेल मार्ने पाउने व्यवस्था लागू गर्न ठीक हुन्छ कि भनेर कृषि मन्त्रालयका कर्मचारीलाई सुझाव दिइन् । 

आरजु राणा

विशेष