News

सामुदायीक वनको सेफ्टिट्यांकीमा परेर हात्ती मर्यो

सामुदायीक वनको सेफ्टिट्यांकीमा परेर हात्ती मर्यो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा सेफ्टि ट्यांकीमा परेर हात्ती मरेको छ।

कालापानी स्थित वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यांकीमा परेर मरेको अवस्थामा हात्ती फेला परेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको सामुदायीक वनको ट्यांकी परेर हात्ती मरेको निकुन्ज प्रमुख किशोरकुमार मेहताले वताए।

हात्तीको पछाडिको शरीर सेफ्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए ।

मेहताले मृत भेटिएको हात्तीलाई सेफ्टीट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताए । 
 

विशेष