News

विद्युत कार्यालयको लापर्वाहीले सडकमा झरेको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

विद्युत कार्यालयको लापर्वाहीले सडकमा झरेको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

सडकमा झरेको तारबाट करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० सुकासालका ३५ वर्षीय दिनेश ओडको करेन्ट लागेर मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गमा झरेको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर अवस्थामा रहेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल पुयाईएको थियो। त्यहाँ पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागेर मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन् ।

विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। टायर बालेर राजमार्ग बन्द गराइएको छ।

विशेष