News

शरणार्थी प्रकरणमा पक्राउ परेका पाण्डेले गृहसचिव हुँदा ८ महिनामै कसरी जोडे ७५ लाख ?

शरणार्थी प्रकरणमा पक्राउ परेका पाण्डेले गृहसचिव हुँदा ८ महिनामै कसरी जोडे ७५ लाख ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले त्यस बेला आफ्नो व्यक्तिगत सुरक्षाकर्मीमार्फत् झण्डै ८ महिनाको अवधीमा ७५ लाख रुपैंयाभन्दा बढी रकम बैंकमा जम्मा गरेको पाईएको छ।

प्रतिवादी पाण्डेसहितको कैफियत प्रतिवेदनमाथि बिहिबार अदालतमा सुनुवाइ सुरु हुने क्रममा प्रस्तुत प्रतिवेदनमा उनले पटक पटक गरी बैंकमा जम्मा गराएको रकमको विवरण समेत प्रश्तुत गरिएको छ।

उच्च अदालत पाटनमा बुझाईएको कैफियत प्रतिवेदनमा ०७८ साउन २७ देखि ०७९ भदौ ३१ सम्मको अवधिमा कर्मचारी संचय कोष, हिमालय बैंक, एभरेष्ट बैंकमा दाखिला भएको रकमको विवरण छ ।

तत्कालिन गृह सचिव पाण्डेको व्यक्तिगत सुरक्षामा खटिएका सई धर्मराज शाहीले गरेको कागजअनुसार, सचिव पाण्डेले आफ्नै कार्यकक्षमा बोलाइ विभिन्न मितिमा रकम बैंक दाखिला गर्न पठाउने गरेका थिए ।

सविच पाण्डेले भने आफूले जग्गा बेचेर आएको पैसा बैंक दाखिला गरेको भनेका छन्। तर भिन्न मिति र भिन्न तौरतरिकामा नगद मौज्दात भएको आधारलाई अनुसन्धानले सन्देहास्पद भनेको छ । पाण्डेको शरणार्थी गिरोहका नाइके केशव दुलालसहितसँग बारम्बार हुने गरेको फोनवार्ताको प्रमाण र शरणार्थी सरोकारमा जोडिएका संवाद पनि अदालतमा पेश छ।
 

विशेष