News

धिरेन्द्र शास्त्रीले कुन अर्थमा भने ‘नेपाल भारतको अभिन्न अंग हो’

धिरेन्द्र शास्त्रीले कुन अर्थमा भने ‘नेपाल भारतको अभिन्न अंग हो’

भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीले नेपाल भारतको अभिन्न अंग भएको भन्दै टिप्पणी गरेका छन्।

चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलको आतिथ्यमा शुक्रबार काठमाडौं आएका शास्त्रीले सनातन हिन्दू धर्मको पक्षमा नेपाल र भारतसँगसँगै रहेको चर्चा गरे । सम्बोधनका क्रममा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसँग काँधमा काँध मिलाएर पूरा संसारमा सनातनको झण्डा फैलाउने देश नेपाल भएको बताए ।

‘यो यस्तो भक्तिको भूमि हो, माता जानकीको नगरी हो। नेपाल भारतको एक अभिन्न अंग, भारतको मित्र देश। भारतसँग काँधमा काँध मिलाएर पुरा संसारमा सनातनको झण्डा फैलाउने देश हो।’ शास्त्रीले भने। 

नेपाल भन्दा सनाथ अरु कुनै राष्ट्र नभएको पनि उनले जिकिर गरे।  बागेश्वरधाम सरकारका नामले समेत परिचित शास्त्री चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलको आयोजनामा नवलपरासीस्थित शाश्वतधाममा हुने हनुमन्त कथा वाचन गर्न नेपाल आएका हुन।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा आएका उनले भदौ २ देखि ४ गतेसम्म शास्वतधाममा कथा बाचन गर्नेछन्। शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित र उत्तिकै विवादास्पद पनि मानिन्छन्।
 

धीरेन्द्र शास्त्री बागेश्वरधाम

विशेष