News अपराध सुरक्षा

आफ्नै पीएलाई खुकुरी हानेको आरोप लागेका मेयरले मोवाईल अफ गरे

आफ्नै पीएलाई खुकुरी हानेको आरोप लागेका मेयरले मोवाईल अफ गरे

डोटीको शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरमाथि आफनै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी हानेर घाईते वनाएको आरोप लागेको छ।

टाउकोमा चोट लागेको फोटो पोष्ट गर्दै ठगुन्नाले आफू उपचारका लागि गइरहेको लेखेका छन् । उनले नगर प्रमुख बलायरले आफुमाथि आक्रमण गरेको फेसवुकमा लेखेका छन्। अस्पतालमा भर्ना भएको फोटो पनि फेसबुकमा राखेका छन् ।

मेयर बलायरको मोवाईल अफ छ। घट्ना बारे वुझ्न खोज्दा उनीसँग सम्पर्क भएको छैन। नगर प्रवक्ता धिर्क सिंहले घटनाबारे आफूलाई जानकारी नभएको वताए। फेसबुक जे छ, आफुलाई पनि त्यति नै थाहा भएको उनको भनाई छ।

कुटपिटबारे प्रहरीलाई कुनै जानकारी छैन। जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी राजेन्द्र धमलाले घट्ना वारे जानकारी नआएको वताए। 
 

विशेष