News

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सप्तरीका एक विद्यार्थी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सप्तरीका एक विद्यार्थी पक्राउ

चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत एक जना विद्यार्थीलाई नक्कली शैक्षिक प्रमाण पत्र वनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका सप्तरीको राजविराज ७ निवासी नसिम अख्तरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएराती चितवनबाट पक्राउ परेका उनलाई काठमाण्डौं ल्याईदै गरेको प्रहरीले जनाएको छ। 
 

विशेष