News

ओलीको निगाहमा एमालेका स्थायी कमिटि सदस्य बन्दै भीम रावल

ओलीको निगाहमा एमालेका स्थायी कमिटि सदस्य बन्दै भीम रावल

०७८ मंसिरमा चितवनमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा नेता भीम राउलले अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरे। निर्वाचनमा उनले पराजय स्विकार्नु पर्यो। त्यस यता, उनी निस्कृय छन्।

अध्यक्ष ओलीसँग पानी बानी बारावारको अवस्था भएपछि उनले पदीय जिम्मेवारी पाएका छैनन्। ०७९ को निर्वाचनमा पनि ओलीले उनलाई कित्तकाट गरे। जिल्ला र प्रदेशबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भए पनि उनले टिकट पाएनन्। त्यस यता उनी संसदीय राजनीतिबाट पनि टाढा भएका छन्।

अध्यक्ष ओली र नेता रावलको टकराव यतिसम्म अघि वढ्यो की उनीहरुबीच लामो समयदेखि संवादहीनताको अवस्था छ। एकले अर्कालाई खुल्याउनतर्फ अग्रसर देखिए। तर, अव भने रावल संगठनमा सकृय हुने छाँट देखिएको छ।

हालै अध्यक्ष ओली र नेता रावलबीच भेटवार्ता भएको छ। भेटवार्तालाई दुवैले सकारात्मक रुपमा लिएका छन्। एमाले नेताहरुका अनुसार रावललाई पार्टी काममा सक्रिय बनाउने योजना अनुसार यो भेटघाटको बातावारण मिलाईएको हो।

एमाले सचिवालय सदस्यहरुको पहिलेदेखि नै रावललाई सकृय गराउन जोड दिएका थिए। त्यसका लागि अध्यक्ष ओलीले नै पहल कदमी लिनु उपयुक्त हुने सुझाव समेत दिँदै आएका थिए ।

यसअघि उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको तीन सदस्यीय समितिले समेत रावलसँग एक चरण कुरा गरे पनि खासै प्रगति हुन सकेको थिएन । ती पदाधिकारीका अनुसार रावलले पार्टीको जिम्मेवारी समेत पाएपछि एमालेमा फरक ढङ्गको लहर चल्नेछ ।

त्यसो त रावललाई कस्तो जिम्मेवारी दिने भन्नेमा एमाले बैठकमा निर्णय भइसकेको छैन । पदाधिकारी बनाउन विधानतः नमिल्ने भएकाले तत्काल रावलले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाउने निश्चितजस्तै छ । त्यसमा ओली समेत सकारात्मक छन् । 

विशेष