News

उत्तेजनामा लिङ्ग काटेर ठुटै पारेका युवक भन्छन्ः बिच्छीले टोकेपछि विष फैलिने डरले काटेर फाल्दिएँ

उत्तेजनामा लिङ्ग काटेर ठुटै पारेका युवक भन्छन्ः बिच्छीले टोकेपछि विष फैलिने डरले काटेर फाल्दिएँ

मकवानपुरमा आफ्नो लिंग आफैं काटेर अस्पताल भर्ना भएका एक युवकले बिच्छीले टोकेपछि विष फैलिने डरले लिंग काटेका बताएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईंले बुधवार आफनै लिङ्ग काटेका थिए। बसपार्क नजिकैको फूलबारी होटलमा बास बसेको बेला शौचालयमा बिच्छीले लिङ्गमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको उनले बताए।

बुधबार राति लिङ्ग काटेका उनी उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए।

उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ । बिच्छीले टोकेपछि झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनको भनाई छ।

ती युवकका अनुसार उनी घर जाने क्रममा थिए। तर, अबेला भएको, गाडीमा यात्रा गर्दा टाउको र बाटोमा पनि सवारी दुर्घटना भएकाले होटलमा बास बसेका थिए। होटलको शौचालमा गएको बेला बेलुकी आठ बजेतिर बिच्छीले टोकेको उनले सुनाए।

प्रहरीका अनुसार उनी उपचारका लागि हेटौंडा अस्पताल पुग्दा राति पौने १२ बजेको थियो । प्रहरीसँगको बयानका क्रममा भने उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका थिए। 

लिङ्ग

विशेष