क्विन्टल सुन तस्करीमा प्रधानमन्त्रीकै संलग्नताको आशंकाः छानविन समिति वनाउने सत्ता पक्ष मानेन

एक क्विन्टल सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्ने प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिले आशंका गरेको छ।
सोमवार प्रतिनिधिसभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले यो प्रकरणमा मन्त्री र प्रधानमन्त्रीकै संलग्नता भएको हुनसक्ने आशंका रहेको हो। एमालेका सांसदले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान राखेको छ ।
सत्तापक्षले भने उच्चस्तरिय समिति वनाउने प्रश्ताव अस्विकार गरेको छ। सत्तापक्षका नेताहरुले सुन तस्करीबारे नियमित प्रक्रियाबाट नै छानबिन अघि बढीरहेकाले तत्काल उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको धारणा राखेका थिए ।
दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि मंगलबारको बैठक पनि नियमित सञ्चालनमा बाधा पर्ने भएको छ । समितिका विषयमा सहमति नवनेपछि सोमवार प्रतिनिधि सभाको वैठक स्थगित गराएको एमालेले मंगलबारको बैठक पनि अवरुद्ध गर्ने भएको छ ।