१५ वर्षीया बालिकामाथि ९ जनाले गरे बलात्कार, घट्ना वाहिरिन ६ महिना लाग्यो
डोल्पामा एक १५ वर्षिया बालिका माथि ९ जनाले सामुहिक वलात्कार गरेको घट्ना ६ महिनापछि वाहिरिएएको छ। कक्षा ७ मा अध्ययनरत बालिकाको पेटमा गर्भ रहेको थाहा भएपछि घट्ना सार्वजनिक भएको हो।
जगदुल्ला गाउँपालिका ६ की बालिका माथि बलात्कार भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। बालिकामाथि स्थानीय युवाहरुले पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ।
प्रहरीका अनुसार बालिकाको पेटमा छ महिनाको गर्भ रहेको खुलेको छ । जाहेरी परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य फरार छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीका अनुसार दुई जनालाई जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो ।
फरार रहेका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । फरार भएका युवालाई पक्राउ गर्न समस्या हुने भएकाले पक्राउ परेकाहरुको पनि प्रहरीले पहिचान खुलाएको छैन।