News

विवादित धर्म गुरु धीरेन्द्रकृष्ण शास्त्रीले ९ वजे प्रचण्डलाई भेट्दै

विवादित धर्म गुरु धीरेन्द्रकृष्ण शास्त्रीले ९ वजे प्रचण्डलाई भेट्दै

विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ। स्रोतका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको हो ।

प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् । शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो । सरकारले शास्त्रीलाई भारतको ‘वाइ सेक्युरिटी’ स्तरमा सुरक्षा प्रदान गरेको छ ।

शाश्वत धाममा शास्त्रीले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ । शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ । स्रोतका अनुसार शास्त्रीले पारिश्रमिक भने लिएका छैनन् ।

शास्त्री शुक्रबार नै पशुपतिनाथमा दर्शनका लागि पुगेका थिए। उनलाई पशुपति विकास कोषले स्वागत गरेको थियो। उनलाई कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले दीप प्रज्वलनसहित स्वागत गरेका थिए ।

धीरेन्द्रकृष्ण शास्त्री

विशेष