News

किर्ते शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर पढ्दै गरेका ७ जना पक्राउ

किर्ते शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर पढ्दै गरेका ७ जना पक्राउ

किर्ते शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टरी पढ्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएका सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौंकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडांैंका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन्।

शैक्षिक योग्यतामा अंक वास्तविकभन्दा थपघट गरी काम गरिरहेको र पढिरहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी अनुसन्धान गरेको हो। पक्राउ परेका सातै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिने म्याद थप गरी अनुसन्धान भइरहेको जनाईएको छ। 
 

शैक्षिक प्रमाणपत्र

विशेष