News

चिर्पटले टाउकोमा हानेर श्रीमतीको हत्या

चिर्पटले टाउकोमा हानेर श्रीमतीको हत्या

काभ्रेको पाँचखाल नगरपालिका–१२ मा एक व्यक्तिले चिर्पटले टाउकोमा हानेर श्रीमतीको हत्या गरेका छन् ।

देवीराज भेटवालको घरमा डेरा बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आईतवार बिहान मृत्यु भएको हो। श्रीमतीको हत्यामा संलग्न हरीलाई पक्राउ गरिएको प्रहरी चौकी बालुवाले जनाएको छ।

उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी बालुवाबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ ।

विशेष