News

एमालेका युवा नेता बलात्कार आरोपमा पक्राउ

एमालेका युवा नेता बलात्कार आरोपमा पक्राउ

एमालेका युवा नेता बलात्कार आरोपमा पक्राउ परेका छन्। २० वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङका एमाले नेता पक्राउ परेका हुन।

प्रहरीका अनुसार नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ बलात्कारको आरोपमा पक्राउ परेका हुन।

बेलबारी नगरपालिका–१० घर भएका ३४ वर्षीय तामाङ बिहीबार पक्राउ गरेका हुन। किशोरीले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

असार २ गते बलात्कार गरेको भन्ने किशोरीले तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी दिएकी हुन। पोललाइट रेस्टुरेन्टका सञ्चालक समेत रहेका तामाङले रेष्टुरेन्टमै बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए । 
 

विशेष