मेसीको सातौं खेलमा पनि गोल, इन्टर मियामी बन्यो च्याम्पियन

नासभिल एससीलाई सडन डेथमा पराजित गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कपको उपाधि जितेको छ ।
टाइ ब्रेकरमा नासभिलको ११ औं प्रहार गोल किपरले गरेका थिए । तर उक्त प्रहार मियामीका गोल किपरले रोकेपछि मियामीले पहिलो उपाधि जितेको हो ।
टाइ ब्रेकर सुरुका ५ प्रहारमा दुवै टोलीले ४–४ गोल गरेका थिए । नासभिलले मियामीको ५ औं प्रहार रोकेपछि खेल सडन डेथमा पुगेको थियो । त्यसपछि लगातार ५ प्रहारमा दुवै टोलीले गोल गरेपछि गोल किपरले पेनाल्टी हान्नुपर्ने अवस्था बनेको थियो ।
खेलमा सुरुआती अग्रता मियामीले मेस्सीको गोलमा लिएपनि दोस्रो हाफमा नासभिल बराबरीमा फर्किएको थियो ।
योसँग इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जित्न सफल भएको छ । देश र क्लबका लागि मेस्सीको यो ४४ औँ उपाधि हो । योसँगै उनले नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।