News

हवाई जहाजमा कडाई गरिएपछि पैदलै सुन तस्करी, दुई केजीको विस्कुटसहित शेर्पा पक्राउ

हवाई जहाजमा कडाई गरिएपछि पैदलै सुन तस्करी, दुई केजीको विस्कुटसहित शेर्पा पक्राउ

चीनबाट विमान मार्फत आएको सुनका कारण अहिलेसम्म राजनीतिक तथा प्रशासनिक संयन्त्र तरंगित छ। सुन प्रकरणकै कारण अवरुद्ध भएको संसद अझै सुरु हुन सकेको छैन।

साउन ३ गते बरामद भएको साढे ६० किलो सुन प्रकरण छानविन गर्न नेकपा एमालेले उच्चस्तरिय छानविनको माग गरेर संरदमा अवरोध गरिरहेको छ। हवाइजहाजबाट सुनमा कडाई गरिएसँग पैदल रुपमा पनि सुनको तस्करी सुरु भएको छ।

प्रहरीले आइतबार रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित सडकबाट पैदल यात्रीको साथमा दुई केजी सुन फेला पारेको छ।

टिमुरेबाट स्याफ्रूबेँसीतर्फ आउँदै गरेका पैदल यात्री सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ पोखरी बस्ने बर्ष २४ को सुदीप शेर्पाबाट प्रहरीले उक्त सुन बरामद गरेको हो। 

शेर्पाले लगाएको कालो रंगको चेष्ट गार्डको भित्री खल्तीमा करिब २ केजी सुनको जस्तो देखिने पहेँलो धातु प्रहरीले बरामद गरेको हो। प्रहरीका अनुसार उक्त सुनमा मेटालोर१ किलो गोल्ड ९९९.९ आईएसओ २४०१८ लेखिएको छ।

बिस्कुट आकारको दुई थान सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

लुकाएर ल्याएको अवस्थामा फेला परेको उक्त सुनसहित शेर्पालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। 
 

विशेष