बालसुधार गृहबाट २२१ कैदीवन्दी भागेः १९४ सम्पर्कमा, २७ जना सम्पर्कविहिन

बालसुधार गृहबाट २२१ कैदीवन्दी भागेः १९४ सम्पर्कमा, २७ जना सम्पर्कविहिन

भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट सोमवार २२१ जना कैदीवन्दी भागेका छन्। उनीहरुमध्ये १९४ जना सम्पर्कमा आएका छन् भने वाँकी २७ जना सम्पर्क विहिन छन्।

आइतबार बलात्कार आरोपमा कैद वसिरहेका एक बालकको मृत्यु भएपछि उनका आफन्तले बालसुधार गृहको गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका थिए । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै उनीहरुले नाराबाजी र तोडफोड गरेका थिए ।

त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदीबन्दी फरार भएका थिए । सोही क्रममा सुधारगृहमा रहेका २९७ कैदीवन्दी मध्ये २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किएका थिए ।

त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका हुन् । सुधारगृहबाट बाहिर निस्कने क्रममा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो । झडपका क्रममा १९ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका  प्रमुख एसपी प्रजित केसीले बताए।

बन्दीतर्फ भने सामान्य घाइते भएको उनको भनाइ छ । आइतबारदेखि भएको झडप र सोमबार पनि जारी तनावबीच कैदीबन्दी भागेको समाचार सुनेपछि आफन्तहरु सुधार गृह बाहिर जम्मा भएका थिए।

एसपी प्रजित केसीले बन्दीहरूले उपचार र औषधि दिने कुरामा प्रशासनले भेदभाव गरेको भन्दै आपत्ति जनाएको बताए । सुधारगृहमा के भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने पनि उनले बताए ।

बालसुधार गृह

संम्बधित खबर

विशेष