News अपराध सुरक्षा

शरणार्थी प्रकरण अनुसन्धान गर्ने सवै प्रहरी अधिकृतलाई सरकारले ठेगान लगायो

एआईजी ज्ञवालीपछि एसएसपी कार्की र केसीलाई पनि जिम्मेवारीबाट हटाईयो

शरणार्थी प्रकरण अनुसन्धान गर्ने सवै प्रहरी अधिकृतलाई सरकारले ठेगान लगायो

शरणार्थी प्रकरण अनुसन्धान गर्ने सवै प्रहरी अकृतलाई सरकारले ठेगान लगायोनक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेका एआईजी श्यामलाल ज्ञवालीको सुरुवा गरेसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको पनि सरुवा गरिएको छ।

गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी दुवै जनालाई जिम्मेवारीबाट मुक्त गरेको छ। कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा र केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ ।

ज्ञवाली, केसी र कार्की तीनै जनालाई हटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिदै आएका थिए। देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत विकल्प खोज्न दाहाललाई भनिसकेका छन्। 

उनले सत्ता गठवन्धनको वैठकमै गृहमन्त्री श्रेष्ठमाथी कड्किदै प्रश्नमाथि प्रश्न राखेका थिए। हाल जिम्मेवारीबाट हटाइएका एसएसपी केसी नेतृत्वको टोलीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो। खाँणलाई पक्राउ गर्न घरमा पुगेपछि मात्रै आईजीपी बसन्तवहादुर कुँवरले जानकारी पाएका थिए। सूचना पाएपछि उनले आईजीपी श्यामलाल ज्ञवालीलाई सम्पर्क गरेर घट्ना विवरण लिएको खुलेको थियो।

ज्ञवालीकै निर्देशनमा केसीले थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि देउवा सशंकित बनेका थिए । थप अनुसन्धान अगाडि बढाएर आरजु देउवालाई नै तान्ने हुन् कि भन्ने सन्देहका कारण देउवाले दाहालमाथि तिव्र दबाब दिएका थिए।

शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ । उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी केसीले लामो समयदेखि अलपत्र शरणार्थी प्रकरणको फाइल खोलेर ०७९ चैत १२ गते यो प्रकरणका तीन आरोपीलाई समातेका थिए ।

तत्कालीन आईजीपी धीरजप्रताप सिंह जिम्मेवारीबाट बाहिरिएर नयाँ महानिरीक्षक आउनुअघिको समयमा उनले चलाखीपूर्वक गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेका थिए ।

भण्डारीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बयान दिंदै प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि अख्तियार प्रमुख प्रेमकुमार राईसम्मको नाम लिएका थिए ।

पछि प्रकरणलाई ठगी मुद्दामा मात्र अघि बढाएर सामसुम पार्न अनेक प्रपञ्च भए पनि अन्तिम समयमा केसीले थप जाहेरी लिएर जिल्ला प्रहरी परिसर, टेकु पठाइदिएपछि मुद्दा लम्बिएको थियो। यो प्रकरणमा देउवा पत्नि आरजु राणा, खाँण पत्नि मन्जु लगायतको पनि नाम जोडिएको छ।

शरणार्थी प्रकरण

विशेष