News

कागबेनीमा गेग्रान खोतल्दा डेढ करोड भेटियो, कहाँबाट आयो यत्रो पैसा ?

कागबेनीमा गेग्रान खोतल्दा डेढ करोड भेटियो, कहाँबाट आयो यत्रो पैसा ?

मुस्ताङको कागवेनी क्षेत्रमा गत आइतबार आएको बाढीले थुपारेको खण्डहर पन्साउँदा प्रहरीले डेढ करोड रुपैयाँ फेला पारेको छ।

ग्रेगान खोतल्ने क्रममा प्रभु बैंक र इन्भेष्टमेन्ट बैंकको डेढ करोड भन्दा वढी पैसा फेला परेको हो। मुस्ताङका सीडीओ अनुप केसीका अनुसार प्रभु बैंकको लकर फेला परेको छ। लकरमा ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको केसीले जानकारी दिए।

यसैगरी इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको केसीले वताए । 

‘नेपाली सेना, प्रहरी र स्थानीयबासी सबै मिलेर भग्नावशेष खोतल्ने, सामानहरू निकाल्ने गरिरहेका बेला १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ राखिएको लकर फेला पार्यो’ केसीले भने। पैसा बैंकले बुझिसकेको जनाईएको छ।

कालीगण्डकी र कागखोलाको किनारको धामको रूपमा रहेको कागबेनीलाई लयमा ल्याउन स्थानीयवासी प्रयत्न गरिरहेका छन्। कागखोलामा आएको वाढी उपल्लो मुस्ताङ जोड्ने पुलसमेत वगाएर बजार पसेको थियो।

बाढीले कागबेनीका २९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भए। १३ वटा घर, जनशान्ति मावि भवनमा आंशिक क्षति पु¥यायो। बाढीले १६ वटा मोटरसाइकल, २ वटा चार पाङ्ग्रे गाडीमा क्षति पु¥याएको छ। एउटा स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने पक्कि मोटरेबल पुल, कागवेनी–तिरी जोड्ने झोलुङ्गे पुल, ३ वटा काठेपुलमा क्षति पुर्याएको जनाईएको छ।

त्यसका अतिरिक्त सानो पक्की पुल, ९ वटा गोठ र ३२ वटा पशुचौपाया बाढीले बगाएको थियो। बाढीले वडा कार्यालयसहित, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा धर्मशाला पनि बगाएको थियो।
 

विशेष