सितापाइलामा बसभित्रै बालिका बलात्कृत, २५० रुपैयाँमा एक महिना घट्ना लुकाईयो
काठमाडौंको सितापाइलामा रोकिराखेको बसभित्रै ५ कक्षामा पढ्ने एक बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई रहेको प्रहरीले जनाएको छ। असार ३० गते भएको घट्ना ढिलो गरी सार्वजनिक भएको हो।
बसभित्र बलात्कार गर्दै गरेको बेला बालिकाका भाइले देखेका थिए। तर, कसैलाई नभन्नु भन्दै २५० रुपैयाँ दिएपछि भाई पनि चुप लागेर वसेको पाईएको छ।
बलात्कार आरोपमा पक्राउ पर्ने महर्जन बसको समय हेर्न ‘टाइम किपर’को रुपमा काम गर्दै आएका व्यक्ति हुन्। उनीविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।