News

प्रधानन्यायाधीशको शपथ ग्रहणमा उपसभामुखलाई निम्तो नै पुगेन

प्रधानन्यायाधीशको शपथ ग्रहणमा उपसभामुखलाई निम्तो नै पुगेन

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ ग्रहण समारोहमा निम्तो नपुगेपछि उपसभामुख इन्दिरा राना अनुपस्थित भएकी छिन्।

आफूलाई निम्तो नआएकाले नगएको रानाले बताइन्। राष्ट्रपति कार्यालयले नबोलाएको भन्दै रानामगरले असन्तुष्टि जनाएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउने कार्यक्रम थियो। यसअघिका शपथहरुमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने प्रचलन थियो ।

‘यसपटक चिठी आएको छैन,’ सिंहदरबारस्थित कार्यकक्षमा रहेकी उनले भनिन्,‘मन्त्रीहरुको शपथमा समेत औपचारिकरुपमा बोलाइन्थ्यो । यसपटक भने प्रधानन्यायाधीशको शपथ कार्यक्रममा चिठी आएन, बोलाए भने जाने हो । नबोलाइत किन जानु ।’

उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुन् । 
 

विशेष