News

राष्ट्रपतिले बोलाएको सर्वदलिय वैठक एमालेद्वारा वहिस्कार

राष्ट्रपतिले बोलाएको सर्वदलिय वैठक एमालेद्वारा वहिस्कार

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ । एमाले बाहेकका दलहरुको वैठक अहिले शीतलनिवासमा चलिरहेको छ।

राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे सर्वदलीय बैठकमा बोलाएका थिए। एमालेले ‘राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने’ जनाएको छ।

‘दलहरुबीच लगातार छलफल भइरहेको छ । यहीबीचमा पुरै एजेन्डा नै राखेर संसद्को अवरोधबारे छलफल गर्न भनेर राष्ट्रपतिले कसरी बैठक डाक्नुभयो होला ?’ भन्दै उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिको अनावश्यक सक्रियता एमालेलाई अस्विकार्य रहेको वताए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले विमानस्थलबाट भित्रिएको तस्करीको सुनको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपितले त्यसमा चासो देखाएका हुन् ।

यसअघि राष्ट्रपतिले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग छलफल गरेका थिए ।

सोमबार राति सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमति जुटिसकेकाले यसबारे राष्ट्रपतिलाई जानकारी गराउने नेताहरुले जनाएका छन् । 

विशेष