News

राष्ट्रपति र ओलीबीच छैन सुमधुर सम्वन्धः कारण, साउन ३१ गतेको भेट

राष्ट्रपतिका यी काममा असहमत छ एमाले, संविधान मिचेको वुझाई

राष्ट्रपति र ओलीबीच छैन सुमधुर सम्वन्धः कारण, साउन ३१ गतेको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार विहानका लागि बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वहिस्कार गर्यो। वैठक वहिस्कार गर्ने कारण जे देखाएपनि त्यसको चुरो कारण भने साउन ३१ गते भएको ओली र राष्ट्रपति बीचको भेटलाई मानिएको छ।

राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिसँग असन्तुष्ट भएका थिए।साउन ३१ गते राष्ट्रपतिले बोलाएर शितलनिवास पुगेको ओली त्यहीबाट असन्तुष्ट भएको पाईएको छ।

भेटमा संसद चल्न नदिएर जनताको आवाज वन्द गरेको भन्दै राष्ट्रपति पौडेलले त्यसको दोश ओलीलाई लगाएका थिए। ‘सदन नियमित सञ्चालन हुनुपर्छ। जनताको आवाज बोल्ने थलो लामो समयसम्म अवरूद्ध हुनु हुँदैन। सदन कार्यसूचीमा प्रवेश गर्न नसक्दा जनतामा निराशा छाएको छ। यसको जम्मै दोष तपाईंको थाप्लोमा आउँछ,’ भन्दै पौडेलले ओलीलाई भनेको एमालेका एक नेताले बताए।

पौडेलको यही भनाइका कारण ओली असन्तुष्ट बनेका थिए। सदन अवरोधको दोष अध्यक्ष ओलीकै थाप्लामा आउँछ भनेपछि उहाँले त्यहीँ असहमति जनाएको उनले वताए।

यतिमात्रै होईन, नागरिकतासम्बन्धी निष्क्रिय ऐन प्रमाणीकरण गर्ने, अदालतको फैसलालाई बेवास्ता गर्दै रेशम चौधरीलाई कैद मिनाह गर्ने लगायतका प्रकरणले राष्ट्रपति संविधानभन्दा माथि उठ्न खोजेको विषयमा एमाले असन्तुष्ट छ। त्यसमाथि संसद अवरोधको दोषी एमालेलाई बनाउन खोजेकाले मंगलवारको वैठकमा एमाले अनुपस्थित भएको वताईन्छ।

एक नेताले दिएको जानकारीअनुसार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि असन्तुष्टि राखेको थियो। राष्ट्रपति पौडेलले कार्यसूची नै राखेर बैठक बोलाएको भन्दै आज नजाने निष्कर्षमा पुगेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रधानमन्त्री दाहालले भनने संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भनेर राष्ट्रपतिबाट व्यक्त शुभेच्छा सकारात्मक रहेको बताएका छन्। ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन, राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । 

रामचन्द्र पौडेल राष्ट्रपति केपी शर्मा ओली

विशेष