१५ वर्षको निर्वासनपछि स्देश फर्किएका थाईल्याण्डका पूर्वप्रधानमन्त्री विमानस्थलमै पक्राउ
१५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्रा विमानस्थलबाटै पक्राउ परेका छन्। थाक्सिनलाई पक्राउ गरेर जेल चलान गरिएको हो ।
थाइल्याण्डमा सैन्य कु भएपछि उनी स्वनिर्वासनमा गएका थिए । थाइल्याण्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो । ७४ वर्षका थाक्सिनलाई विमानस्थलबाट सिधै सर्वोच्च अदालत लगिएको थियो । त्यसपछि सजाय कार्यान्वयन गर्न जेल चलान गरिएको हो ।
थाइल्याण्डको राजपरिवारसँग हिरासतमा नराख्ने सहमति भएसँगै उनी स्वदेश फर्किएको बताइएको छ । त्यसैले उनलाई लामो समय जेलमा नराखिने धेरैको विश्वास छ ।
थाक्सिनले राजपरिवारसँग क्षमायाचनाको अपिल गर्ने र छिट्टै मुक्त हुने अनुमान गरिएको छ । जेलका अधिकारीहरूले तुरुन्तै जेलबाट थाक्सिनले निवेदन पेश गर्न सक्नेछन्। तर, यसको प्रक्रिया एक देखि दुई महिना लाग्न सक्छ।
निजी विमानमार्फत बैंककको मुख्य विमानस्थलमा मंगलबार विहान अवतरण गरेका थाकसिन दुई छोरी र छोराका साथ आएका थिए। विमानस्थलवाहिर रातो सर्ट लगाएका सयौं समर्थकले उनीहरुलाई स्वागत गरेका थिए ।
थाइल्याण्डका सबैभन्दा सफल निर्वाचित नेता थाक्सिनसँग लामो समयदेखि रूढिवादी शाहीवादी त्रसित छन् । उनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दा चलाइएको थियो ।
थाइल्याण्डमा अहिले राजनीतिक गतिरोध चलिरहेको छ । तल्लो सदनमा मुभ फर्वाड दलको बहुमत छ भने माथिल्लो सदनमा जुन्ता समर्थक सांसद धेरै छन् । त्यसैले त्यहाँ नयाँ सरकार गठन हुन सकेको छैन।