News

प्रत्यक्ष सुरु भयो ओली–नेम्वाङ ठाकठुकः सर्वदलीय वैठकमा हेपेपछि नेम्वाङको कठोर जवाफ

प्रत्यक्ष सुरु भयो ओली–नेम्वाङ ठाकठुकः सर्वदलीय वैठकमा हेपेपछि नेम्वाङको कठोर जवाफ

अप्रत्यक्ष रुपमा एकअर्काको विरोध गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवाष नेम्वाङबीच सार्वजनिक ठाउँमै ठाकठुक पर्न थालेको छ।

बुधबार ११ बजे सिंहदरबारमा बसेको वैठकमा ओली र नेम्वाङका बीचको असमझदारी प्रष्ट रुपमा देखिएको छ। बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग दुईबुँदे सहमतिको ड्राफ्टलाई लिएर नेम्बाङको भनाभन प¥यो ।

सहमतिको ड्राफ्ट तयार पार्न एमालेका तर्फबाट नेम्वाङ, कांग्रेसबाट रमेश लेखक र माओवादीबाट हितराज पाण्डे खटिएका थिए। उनीहरुले मंगलबार नै सहितको ड्राफ्ट तयार पारेपनि ओलीले स्वास्थ्यको कारण देखाएर वैठकमा सहभागिता जनाएनन्। त्यसैले वैठकको औचित्य नै रहने।

सोही ड्राफ्टमा सहमति गर्न आज वसेको वैठकमा ओलीले ‘के लेख्या यस्तो ? यस्तै हुन्छ सहमतिको ड्राफ्ट ?’ भन्दै नेम्बाङको आलोचना गरेका थिए। ‘लेख्न त नेपालीमै लेख्या हो । अलिक भाषा सिकाउनुपर्ने जस्तो छ ।’ भन्दै उनले आलोचना गरेपछि नेम्वाङले भनि ओलीलाई तातो जवाफ फर्काए। तर, उनले जवाफ फर्काउँदा ओलीतर्फ हेरेनन्।

‘लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ । भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो ।’ भन्दै नेम्वाङले जवाफ फर्काएपछि बैठकमा सहभागिहरुले नै असहजता महसुस गरेका थिए।  ओलीले सहमतिको कुन कुरामा असहमति जनाएका हुन र के विषयमा टिप्पणी गरेका हुन भन्ने विषय भने खुलेको छैन।

वैठकले सुन प्रकरणको अनुशन्धान गर्न असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ। राष्ट्रिय मान्यता प्राप्त दलका सचेतकहरुले २ वुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

विशेष