भारतलाई ठुलो सफलताः चन्द्रमाको सतहमा ओर्लियो ‘चन्द्रयान–३’
भारतले असार २९ गते पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलता पुर्वक अवतरण गरेको छ। चन्द्रयान बुधबार साँझ चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गरेको हो।
यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै असफलतापूर्वक अवतरण गराएका छन् ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान ३ लाई ‘एलभीएम–३’ रकेट मार्फत अन्तरिक्षमा पु¥याएको थियो ।
भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पु¥याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो ।
चार वर्षअघि ‘चन्द्रयान–२’ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले ‘चन्द्रयान–३’ बनाएको हो । भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ ।