News

शिवशिखर सहकारीमा डिएसपीको अकुत सम्पत्ति, काजीमानसँग के हो मल्लको साईनो ?

शिवशिखर सहकारीमा डिएसपीको अकुत सम्पत्ति, काजीमानसँग के हो मल्लको साईनो ?

शिवशिखर सहकारीका संचालक तथा शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेसँगै आम ग्राहकको ध्यान अहिले नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी)मा केन्द्रीत छ।

हालसम्मको अनुशन्धानबाट शर्माले वचतकर्ताको १४ अर्बभन्दा वढि निक्षेप हिनामिना गरेको देखिएको छ। ०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको हो।

शर्माले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । माउ संस्था शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष समेत रहेका शर्मा दुवै सहकारी संकटमा परेपछि बेपत्ता भएका थिए । संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष काजिमान श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडका डिएपी दिलवहादुर मल्ल र शिवशिखर सहकारीका अध्यक्ष शर्मा मिलेर सहकारीको पैसा हिनामिना गरेको पत्रकार एन्जिना कार्कीको दाबी छ। डीएसपी मल्ल दुई जना हाकिमका प्रिय पात्र मानिन्छन्।

अवकास प्राप्त एआईजीपी हरी पाल र नक्कली सर्टिफकेट काण्डका दोषी ठहर भएपछि राजिनामा दिएर कारवाहीबाट जोगिएका एसएसपी अशोक सिंहको आशिर्वाद मल्लमाथि छ। उनीहरु तिनै जना यतिवेला ‘होस न हवास’ भएको निकट स्रोत वताउँछ।

डीएसपी मल्ल काजीमान श्रेष्ठ र केदारनाथ शर्माका पनि प्रिय पात्र हुन। निकट सम्वन्ध भएकै कारण शिवशिखर सहकारीले उनलाई सम्मान गरेको थियो। अवार्ड थाप्न उनी स्वयम कार्यक्रममा पुगेको कार्कीले वताईन। 

योग्यता र क्षमताका आधारमा खासै काविल नभएपनि संगठनमा उनले निकै रवाफ देखाउने गरेका छन्। ‘मेरा मान्छे ठाउँ–ठाउँमा छन्’ भन्दै उनले चुरी–फुरी देखाउँने गरेको प्रहरी कर्मचारीहरु नै वताउँछन्। उनले खास गरी ‘प्रधानमन्त्री कार्यालयमा मेरो काकाको छोरो रमेश मल्ल छन्, मलाई कसैले छुन सक्दैन’ भन्दै हिड्ने गरेको वताईन्छ।

विशेष स्रोतका अनुसार सहकारीमा मल्ल र सिंहले अकुत सम्पत्ति राख्ने गरेका थिए। कतै रेकर्ड देखाउनु पर्ने र चाहेको वेला झिक्न सकिने भएका कारण उनीहरुले शिवशिखर सहकारी रोजेको वताईन्छ।

अहिले शर्मा पक्राउ परेपछि अनुशन्धानको त्यान्द्रो आफुतर्फ पनि आउने भयले उनीहरु त्रसित रहेको स्रोतको दावी छ। डिएसपी मल्लले भने आफुले यस विषयमा फोनमा धेरै कुरा नवताउने वताए।

शिवशिखर सहकारी केदारनाथ शर्मा डीएसपी दिलबहादुर मल्ल

विशेष