News

त्रिसुलीमा बस खस्यो, २ महिलासहित ८ जनाको मृत्यु

त्रिसुलीमा बस खस्यो, २ महिलासहित ८ जनाको मृत्यु

काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म २ महिला र ६ पुरुष गरी ८ जनाको शव निकालिएको छ ।

बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । 
 

विशेष