निर्माणाधिन रेलवे पुल भत्किँदा मिजोरमा १७ जना मजदुरको मृत्यु
भारतमा निर्माणाधिन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा अधिकांश मजदुरको मृत्यु भएको हो।
भत्किएको पुलको भग्नावशेषमा अझै धेरै पुरिएका हुन सक्ने आशंका गरिएको छ। मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० जनासम्म कर्मचारी÷मजदुर कार्यरत थिए ।
मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जनाको मृत्यु भएको वताएका छन्।