News

गौहत्याको विरोध र प्रचण्डको राजिनामा माग्ने अभियानी पक्राउ

गौहत्याको विरोध र प्रचण्डको राजिनामा माग्ने अभियानी पक्राउ

राष्ट्रिय एकता अभियानका केन्द्रिय  अध्यक्ष विनय र संविधान सभा सदस्य वीपी यादव पक्राउ परेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै संसद भवन बानेश्वर अगाडी प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘गौहत्या बन्द गर, प्रधानमन्त्री राजीनामा दे, संविधानको रक्षा गर, गौवशं हत्या गर्नेहरूमाथि कारवाही गर’ लगायतका नारा लगाएका थिए । अभियानले प्रधानमन्त्री प्रचण्ड गौ हत्याका मतियार रहेको आरोप लगाएको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय एकता अभियानको काठमाडौं सम्पर्क मञ्चकासंयोजक विनोदकुमार सिंह, अभियानका केन्द्रिय सदस्य उमेश सिंह, राकेश सिंह, गणेशकुमार सिंह, संतोष मिश्रालगायत अभियानका विभिन्न कार्यकर्ता समेत रहेको अभियानको महाअधिवेशन संयोजक समितीका महासचिव डा. प्रभात कुशवाहाले वताए।

उनीहरुलाई तीनकुने प्रहरी वृतको हिरासतमा राखिएको छ। महासचिव कुशवाहाले विहिवारै एक विज्ञप्ति प्रकाशित गरी पक्राउ परेकाहरुरुलाई विनासर्त तत्काल रिहा गर्न माग गरेका छन्। 

विशेष