News

तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बारामा तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे दुर्घटना भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा भएको दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार भारतीय तीर्थयात्रीहरू जनकपुरधाम, काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका थिए। सुरूमा जनकपुरधाम दर्शन गरेका उनीहरू पशुपतिनाथ दर्शन गरेर फर्कदै थिए। 

बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक आकलन छ। बस दुर्घटनापछि चालक र सहचालक दुबैजना फरार भएर धनुषा पुगेका थिए। प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

विशेष