News

सवै गृहमन्त्री नै थर्काउने, ज्ञानेन्द्र शाहीले पनि भने– गृहमन्त्री रमिता हेरेर बस्ने ?

सवै गृहमन्त्री नै थर्काउने, ज्ञानेन्द्र शाहीले पनि भने– गृहमन्त्री रमिता हेरेर बस्ने ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गाईगोरु काटेर खाएको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दा पनि गृहमन्त्री रमित हेरेर वस्ने ? भन्दै प्रश्न गरेका छन्। उनले त्यस्ता ब्यक्तिलाई कानूनी कारबाहीको गर्न माग गरेका छन् ।

हिजोको संसद वैठकमा वोल्दै उनले वैदिक सनातन मान्ने ९३ प्रतिशत जनसंख्याको आस्थामाथि खेलवाड गर्न नपाइने बताए । संविधान र कानूनको उल्लंघन गर्दै खुलमखुला गौहत्या भएको विषयमा गृहमन्त्रीमाथि उनले प्रश्न उठाएका थिए ।

‘पछिल्लो जनगणनाअनुसार हाम्रो देशको जनसंख्या २ करोड ९१ लाख ४२ हजार ४८० रहेको छ । यो रेकर्ड पनि तलमाथि भयो भन्ने कुराहरु आइरहेका छन् । यसमा ८१.३४ प्रतिशत हिन्दू, ९.४ प्रतिशत बुद्धिष्ट र ३.४ प्रतिशत किराँत गरी वैदिक सनातन मान्ने ओमकार परिवार ९३.४२ प्रतिशत छन् ।’– उनले भने।

देशको २ करोड ७२ लाख २४ हजार ९०४ जनसंख्याले गाईलाई माता माने पनि यहाँ गाईगोरु काटिन्छ र सामाजिक सञ्जालमा भिडिओ राखेर प्रचार गरिन्छ भन्दै उनले दुःख ब्यक्त गरे। । ‘सयमा ९३ जनाले मान्ने वैदिक सनातन धर्मलाई धज्जी उडाइन्छ । अनि गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ’ उनले भने–‘उनीहरुलाई पक्राउ गरेर कानूनी कारबाही गरियोस् ।’

‘नेपालको संविधान र कानूनले पशुपंक्षीसम्बन्धी कसुरमा राष्ट्रिय जनावर गाई र वैदिक सनातनले मानेका गोरुहरु काटियो भने ३ वर्ष कैद हुने व्यवस्था गरेको छ । तर, आज यसरी कानून उल्लंघन गर्नेलाई किन खुलमखुला छाडिएइको हो ?’ प्रश्न गर्दै उनले भने–‘करोडौंको आस्थामाथि खेलवाड गर्न पाइन्छ ? मासु मीठो भएर खायौं रे ! संसारमा सबैभन्दा मीठो मासु मान्छेको हुन्छ भनेर अध्ययनले देखाएको छ । त्यसो भए मान्छेको मासु खाने ? यदि दम र हिम्मत छ भने साउदी अरब गएर सुंगुर काटेर देखाऊन् । त्यहाँको सरकारले झुण्ड्याएर फाँसी दिन्छ ।’

यसअघि सर्वदलिय वैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि तस्करी प्रकरणमा मन्त्री श्रेष्ठको सातो उडाएका छन्।

विशेष