News

सुन तस्करसँग मिलेको रविको आरोपपछि अध्यगमनका महानिर्देशक मन्त्रालय तानिए

सुन तस्करसँग मिलेको रविको आरोपपछि अध्यगमनका महानिर्देशक मन्त्रालय तानिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद वैठकमा एक जना बहालवाला महानिर्देशक नै सुन तस्करसँग मिलेको आरोप लगाएको भोलिपल्टै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन्।

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानेको हो । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको जनाईएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले पनि अधिकारीलाई मन्त्रालयमा तानिएको पुष्टि गरे। 

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन्।

लामिछानेले बुधबारको संसद वैठकमा बोल्दै ६० किलो सुन तस्करी प्रकरणमा सरकारका बहालवाला महानिर्देशकले नै पक्राउ परेका दावा छिरिङलाई सुन आएको फोटो पठाएको सूचना आफुसँग भएको दावी गरेका थिए।

उक्त सूचना आफुसँग रहेको र अनुसन्धान अधिकाकरीलाई दिने पनि लामिछानेले वताए। उनले विचौलीयाको प्रमाण आफुसँग आईपुगेको दावी गर्दा अन्य सांसदहरु छक्क परेका थिए। ‘साउन २ गते जुन सनु बरामद भयो। उक्त सुनको तस्बिर नेपाल सरकारकै बहालवाला महानिर्देशकले अहिले समातिएका दावालाईसमेत पठाएको सूचना प्रहरीबाट आएको छ’ उनले भने–‘यसमा संलग्न बिचौलियाको जानकारी पनि मसँग छ।’

साउन २ गते पक्राउ परेको तस्करीको सुनबारे समाचार लुकाउन पत्रकारको समेत संलग्न रहेको आरोप उनले लगाएका थिए।

विशेष