News खेल

चार राष्ट्र सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल फाईनल प्रवेश

चार राष्ट्र सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल फाईनल प्रवेश

चार राष्ट्र सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल फाईनलमा प्रवेश गरेको छ। मलेसियाले शुक्रबार भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गरेपनि फाईनलमा पुगेको हो।

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले ब्याटिङ गर्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाका कारण १८ ओभरमा छोट्याइएको खेलमा डकवर्थ लुइस पद्दतिका आधारमा मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो ।

मलेसियाले १६.२ ओभरमा लक्ष्य पूरा गर्दै नेपाललाई पराजित गर्यो। तर, नेपालसहित हङकङ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदैं फाइनल पुगेका छन । फाइनल खेल शनिबार हुनेछ ।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल तथा पुछारको दुई टोलीले तेस्रो स्थानका लागि प्ले अफ खेल्ने प्रावधान रहेको थियो । मलेसिया र कुवेत शनिबार नै तेस्रो स्थानका लागि प्ले अफ खेल्ने छन् ।

नेपाल, हङकङ र मलेसियाले समान २ खेल जिते पनि रन रेटमा मलेसियाभन्दा नेपाल र हङकङ अगाडि छन्। नेपालको ०.८५३४, हङकङको ०.१९२६ र मलेसियाको ०.००७१ नेट रनरेट छ। 

विशेष