News

भोलीको गौरक्षा -यालीलाई लक्षित गरी धरानमा निषेधाज्ञा

भोलीको गौरक्षा -यालीलाई लक्षित गरी धरानमा निषेधाज्ञा

सुनसरीको धरानमा आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। 

सीडीओ हुमकला पाण्डेले शुक्रबार जारी गरेको निषेधाज्ञामा स्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्येनजर गरि भोली रातीसम्म अत्यावश्यक वाहेक घरवाहिर ननिश्कन सूचित गरिएको छ।

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक÷साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती÷ भेलाजम्मा÷ प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न÷नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ।’– निषेधाज्ञामा भनिएको छ। 

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र न.पा. १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी न.पा. ६ नं. बाट बराह क्षेत्र न.पा. वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गा.पा. वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। 

धरानमा भदौ ९ गतेका लागि ‘गौ रक्षा र्याली’ को आयोजना गरिएको छ। विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जाल लगायतमा र्यालीका बारेमा प्रचारप्रशार सुरु भएपछि  प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

पछिल्लो समय भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पूर्वमेयरहरुको बैठकले धरानबासीमा चार बुँदे आह्वान गरेको छ । धरान सांस्कृतिक रुपमा वर्षौंदेखि आपसी सद्भाव, भाइचारा तथा एकता कायम गरेको समाज भएको र यस किसिमको सामाजिक सद्भाव फैल्याउने गतिविधि पहिले कहिल्यै नभएको उल्लेख गर्दै पूर्वमेयरहरुको बैठकले धार्मिक तथा सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता तथा छलफलबाट समाधान गर्न आग्रह गरेको थियो ।

पूर्व मेयर कुमार बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले धरानको विवाद समाधानका लागि शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न पनि अपील गरेको थियो।

त्यस्तै, धरानको सामाजिक सद्भाव कायम राख्न शुक्रबार दिउँसो २ बजे नागरिक स्तरबाट सद्भाव र्याली निकाल्ने पनि निर्णय पनि बैठकले गरेको थियो । 

विशेष