News

धराने मेयरको उदण्डताः घर भत्काई दिन्छु भन्दै हिड्न थालेपछि अदालतले रोक्यो

धराने मेयरको उदण्डताः घर भत्काई दिन्छु भन्दै हिड्न थालेपछि अदालतले रोक्यो

उच्च अदालत विराटनगरले धराने मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ। न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले विहिवार प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रेजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो। 

धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रेजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए। साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै बिरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार लगत्तै अदालत पुगेको थियो।

साउन ११ गते उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउन’ आदेश थिएको थियो।

मेयर साम्पाङ सोमवार फेरी फेरि उक्त जमिनमा पुगेका थिए भने सो क्रममा अधिकारी दम्पतिसँग विवाद गरेका थिए। उनीहरुले प्रतिवाद गरेपछि साम्पाङ नगरप्रहरीको आड लागेर भागेका थिए। भाग्दाभाग्दै उनले अधिकारीको घर भत्काई दिने धम्की समेत दिएका थिए। 

उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिएका थिए। दम्पतीलाई पक्रन मेयरले प्रहरीलाई दबाब दिएका थिए। उनले अधिकारी दम्पत्ति फरार भएको भन्दै सामाजिक सञ्जालमा ब्यापक प्रचार गरिरहेका छन्। त्यसपछि आफू अदालत गएको र फेरि अदालतले पहिलो पटकको जस्तै आदेश दिएको रेजिनाले बताइन् । 
 

विशेष