News

ओली भन्छन्– अव कोशीमा ५० भन्दा वढि सांसदको समर्थनमा एमालेले सरकार बनाउँछ

ओली भन्छन्– अव कोशीमा ५० भन्दा वढि सांसदको समर्थनमा एमालेले सरकार बनाउँछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताएका छन् ।

सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले कांग्रेस जस्तो पुरानो पार्टीले संविधान मिच्ने काम गरेको आरोप लगाए।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको ‘तर, कांग्रेसले जस्तो पुरानो पार्टीले कमसेकम संविधान मान्नु पर्थ्यो’ भने। 

ओलीले अव कोशी प्रदेशमा आफ्नो दलको सरकार बन्ने दाबी गरे। अबको निकास भनेकै एमालेकोभएको उनको दावी छ। ‘सरकार बन्छ । एमालेको सरकार चल्छ’ उनले भने–‘एमालेले मजाले चलाउँछ ।’

एमालेको सरकार बनाउन ४७ (बहुमत) मात्र नभई ५० मत पुग्ने ओलीले वताए। उनले थपे ‘४७ होइन, ५० भन्दा माथि जान्छ ।’

विशेष