News

शेखर कोइराला भन्छन्ः प्रचण्डको अभिब्यक्तिले धरानमा सामाजिक सद्भाब विग्रियो

शेखर कोइराला भन्छन्ः प्रचण्डको अभिब्यक्तिले धरानमा सामाजिक सद्भाब विग्रियो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको एउटा अभिब्यक्तिले धरानलगायत देशैभरको सामाजिक सद्भाव खलवलिएको आरोप लगाएका छन्। 

विराटनगरमा शनिबार नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रममा बोल्दै नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाए। 

‘बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिनुहुन्छ। त्यो कत्तिको उचित हो?,’ कोइरालाले अघि भने, ‘जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ, अहिले त्यही हुँदै गइरहेको छ ।’

धरानमा भएको घटनाले देशैभरी असर गर्ने बताएका कोइरालाले कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य गर्न नहुने भन्दै सचेत गराए। 

विशेष