News

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीद्वारा आत्महत्याको प्रयास

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीद्वारा आत्महत्याको प्रयास

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीले आत्महत्याको प्रयास गरेकी छिन्। जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि उनले आत्महत्याको प्रयास गरेकी हुन्।

माइती नेपालको संरक्षणमा रहेकी उनले डाक्टरले दिएको औषधी डोजभन्दा वढि खाएर आत्महत्या गर्न खोजेकी हुन। उनी अहिले मनोचिकित्सकको परामर्शमा छिन्। उपचारको क्रममा चिकित्सकले उनलाई औषधि प्रेस्क्राइब गरेका थिए।

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनलाई भर्ना गरेर उपचार गरिरहेको छ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ। गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।

सीपीएल क्रिकेटका लागि वेस्ट इन्डिजमा रहेका लामिछानेलाई त्यसवेला प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गराएर नेपाल फर्काएको थियो। विमानस्थलबाटै उनी पक्राउ परेका थिए।

जिल्ला अदालतले उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई विदेश जानेसमेत अनुमति दिएको थियो।

सन्दीप लामिछाने

विशेष