राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र
राष्ट्रिय एकता अभियानले भदौ २५ गतेदेखि सुरु गर्न लागेको ‘मेची महाकाली जनसंवाद–यात्रा’का तयारी तिव्र रुपमा सुरु भएको छ।
तयारीकै क्रममा अभियान आवद्ध सरोकारवालाहरुको शनिवारदेखि जनकपुरमा वैठक वसिरहेको छ। वैठकमा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, सुरेश चौधरी, मनोज पासवान, ध्रुवनारायण साह, रामनारायण साह, संजीव झा र शिवनाथ साहलाई विभिन्न जिमेवारी तोकिएको छ।
उनीहरुलाई अभियानका वरिष्ठ नेता तथा सभाषद बीपी यादवले खादा ओढ़ाई स्वागत गरे। विनय यादवको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता बीपी यादव, संरक्षक सेवक सौरभनाथ जÞी महाराज, मधेश सम्पर्क समिति काठमाण्ड़ौका संयोजक बिनोद सिंह, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, महासचिव पप्पू यादव, केन्द्रीय सदस्य देवेन्द्र ढुंगाना, मनोज पासवान, सुरेश चौधरी एमं मनीष पुर्बेले जन संवाद यात्राले देशमा नयाँ क्रान्ति ल्याउने विश्वास ब्यक्त गरे।
अभियानका केन्द्रीय अध्यक्ष यादवले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दु, बौद्ध, किराँतलगायत अन्य धार्मीक आयोग गठन गर’ लगायतका माग गर्दै मेची–काली यात्रा गर्दैछन्।