News

कान्छा ज्वाईले फेरी मन्त्री बन्ने इच्छा राखेपछि रोकियो थापाको सपथ ग्रहण

कान्छा ज्वाईले फेरी मन्त्री बन्ने इच्छा राखेपछि रोकियो थापाको सपथ ग्रहण

माओवादी अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाई जीवन आचार्यले फेरी पनि मन्त्रमा दावी गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सपथ ग्रहण प्रभावित भएको छ।

बुधबार बिहानका लागि राखिएको सपथ पग्रहणको कार्यक्रम बेलुका ५ बजेका लागि सरेको हो । सरकार वनाउन सभामुख पद त्याग गरेका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णय भएपनि अन्तिम समयमा ज्वाईले मन्त्री बन्ने लालसा देखाएपछि आन्तरिक विवाद चकिएको स्रोतको दावी छ।

माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय लाग्ने भएकाले शपथग्रहण कार्यक्रम सारिएको नवनियुक्त मुख्यमन्त्री थापाले बताए । अहिले गठबन्धन दलको बैठकले कार्यविभाजनको निर्णय गर्ने उनले बताए ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री थापासँगको सहमतिमा नै बुधबार बिहान १० बजे मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम तोकेको थियो । शपथग्रहणमा प्रदेश प्रमुखको कार्यालयले आमन्त्रण गरेका अतिथिहरू आइसकेका बेला स्थगितको सूचना आएपछि उनीहरू फर्किएका छन्।

मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बाट १÷१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा शपथ लिने तयारी गरेका थिए।

माओवादी संसदीय दलले गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा शपथग्रहण गराउने निर्णयमा पुगिसकेको बेला आचार्यले आफू नै मन्त्री बन्ने दाबी गरेपछि विवाद भएको एक सांसदले बताए ।
 

विशेष