News

धरानकै जनता भन्छन्ः मेयर साम्पाङ निकम्मा हुन, दोषीलाई कारवाही किन नगरेको ?

धरानमा गाई गोरु काट्ने बधशाला, के भन्छ प्रहरी ?

धरानकै जनता भन्छन्ः मेयर साम्पाङ निकम्मा हुन, दोषीलाई कारवाही किन नगरेको ?

धरानमा आजका लागि आयोजि धार्मिक -यालीलाई लक्षित गरेर स्थानीय प्रशासनले जारी गरेको कफ्र्युका कारण नगर प्रवेशमा कडाइ गरिएको छ।

विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक -याली आयोजना गरेका छन। -यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले हिजो राती देखि नै नषेधाज्ञा जारी गरेको हो। यही धार्मिक -याली लक्षित गरेर धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

इटहरी स्थित नेपाल आर्मीलाई स्टेनवाई राखिएको छ। प्रहरीले र्यालीमा हिडेकाहरुको गाडी इटहरीमै रहेको छ। त्यसपछि हिन्दुवादीहरु ठुलो संख्यामा पैदलै धरानतर्फ लागरेका छन्। करिव ३ सयको संख्यामा हिन्दुवादीहरु धरान हिडेको प्रहरीले जनाएको छ।

हिन्दुवादी संघ संगठनले स्थानीय प्रशासनको कफ्र्युलाई अनावश्यक भनेका छन्। ८० प्रतिशतभन्दा वढि हिन्दुहरुले पुजा गरेको र राष्ट्रिय जनावर गाई गोरु काटेर खाने, सामाजिक सञ्जालमा प्रचार गर्ने तथा संविधान र कानुनको धज्जी उडाउनेलाई कारवाही गर्नुको सट्टा शान्ति र सदभावका लागि आयोजना गरिएको र्यालीमा अवरोध गरेको भन्दै उनीहरुले विरोध गरेका छन्।

स्रोतका अनुसार धरानको आईतवारे र मंगलबारेस्थित पिपलवोट छेउमा वर्षौदेखि गाईगोरु काटेर मासु विक्रि वितरण गर्ने गरिएको छ। धरान वाहिरका ब्यक्तिहरु समेत गाई गोरुको सुकुटी खरिद गर्न पिपलवोट पुग्ने गरेको स्रोतको दावी छ। यो बधशाला मेयरले नै संरक्षण गरेको स्थानीयको वुझाई छ।

खुलेआम राष्ट्रिय जनावरको मासु काटेर विक्रिवितरण गर्दा समेत थाहा नपाएझै गरेको स्थानीय प्रशासन हिन्दु धर्मावलम्वीहरुको विपक्षमा खडा भएको सरोकारवालाहरुले वताएका छन्। धरानका मेयर हर्क साम्पाङको अराजक्ताका कारण पनि आजको अवस्था श्रृजना भएको उनीहरुको आरोप छ।

हिन्दु धर्म संस्कृतिको विरोध गर्ने तर चर्चमा गएर केक काट्ने, मन्दिर अगाडि चर्च निर्माण गराउने र हिन्दु धर्मावलम्वीहरु विरुद्ध आगो ओकल्ने तथा गाई गोरु काटेर खाँदा मौन वस्ने साम्पाङको प्रवृत्तिले अहिले धार्मीक युद्धको अवस्था श्रृजना गरेको हिन्दुवादी संघ संगठनका पदाधिकारीहरु वताउँछन्।

धरानमा हिन्दुहरुले र्यालीको आयोजना गरेपछि भने साम्पाङ आत्तिएर विज्ञिप्तिवाजी गर्न थालेको उनीहरुले आरोप लगाए। उनले सबैलाई संयम अपनाउन अपिल गरेका छन्। शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् । 

‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,’ राईले भनेका छन् ।

सरोकारवालाले भने उनको यो अपिललाई पनि नाटक मञ्चन गरेको भन्दै विरोध गरेका छन्। ‘अहिलेको मुल समस्या भनेको गाईगोरु काटेर धर्म विरोधी र संविधान विरोधी कार्य गरेकोमा विरोध हो। स्थानीय सरकारको प्रमुख भएपछि त्यसमा संलग्नलाई पक्राउ गरेर कार्वाही गर्नुको सट्टा विज्ञप्तिबाजी गर्नु नाटक हो’ राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव भन्छन्–‘पछिल्लो घट्नाक्रम षडयन्त्र पुर्वक भईरहेको छ। यो भनेको जनजाती र अन्य हिन्दुहरुलाई लडाउने षडयन्त्र हो।’

यो प्रकरणपछि स्थानीयले समेत साम्पाङलाई निकम्मा र पानीमरुवाको विल्ला भिराइ दिएका छन्। चर्चामा आउने गलत प्रवृत्तिको समर्थन गरेको र अन्तिममा अवस्था जटिल भएपछि मुसो जस्तो भएर अपिल जारी गरेको उनीहरु वताउँछन्।

हिन्दुवादीहरुले भने धरानमा भईरहेको अराजक्ता चर्चको डिजाईनमा भईरहेको वताएका छन्। गोरुको मासु खाएको प्रचार गराएर जनजाती र अन्य हिन्दुहरुलाई लडाउने अनि धर्मान्तरणलाई वढावा दिने योजना अन्तर्गत सवै क्रियाकलाप भईरहेको राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले वताए । ‘यो देशमा जवसम्म इसाईकरणको अन्त्य हुँदैन तवसम्म अमन चयनको सम्भवना छैन’– उनले भने।

यता सुनसरीका एसपी प्रभु ढाकालले भने अहिलेसम्म धरानको अवस्था सामान्य रहेको वताए। सम्भावित अवस्थालाई मध्यनजर गरी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको र जनजिवन सामान्य रहेको उनको भनाई छ। एसपी ढकालका अनुसार धरानमा वधशाला सञ्चालन गरिएको विषय प्रहरीको पनि जानकारीमा छ। ‘हामीले पटक पटक अनुगमन गर्दा त्यस्तो देखिएन’ ढकालले भने–‘आईतवारे र मंगलवारेमा गोरु काट्ने वधशाला छ भन्ने सूचना हामीलाई पनि आएको हो। आमीले सुक्ष्म निगरानी गरिहेका छौं। तर, प्रमाणित हुने गरी भने जस्तो अवस्था भने छैन।’

धरानका मेयर साम्पाङसँग भने फोन सम्पर्क हुन सकेन।

विशेष