News

धर्मको नाममा राजनीति नगर्न हर्क साम्पाङको चेतावनी

धर्मको नाममा राजनीति नगर्न हर्क साम्पाङको चेतावनी

गाई गोरु काटेर सामुहिक भोज गरेको विरोधमा देशब्यापी आक्रोश वढेपछि धरानका मेयर हर्क साम्पाङले त्यसमा संलग्नहरुलाई कारवाही गर्न आफुले पनि सहयोग गर्ने जनाएका छन्।

धरानप्रति आक्रोश मात्र होईन, देशभरीबाट धरानमा हिन्दुहरुले र्यालीका नाममा प्रवेश गर्न खोजेपछि साम्पाङले यस्तो वताएका हुन।

उनले शनिवार ट्वीटर मार्फत धर्मको आडमा राजनीति नगर्न पनि सचेत गराएका छन्। ‘मन्दिरको अगाडि चर्च बनायो भनेर आलोचना गर्नुभो, चर्चमा पनि मान्छेको आस्था छ अब मैले किन बनाएको भनेर डोजर लिएर भत्काउन कसरी जानू?’ उनले भनेका छन्–‘फेरि गोरु काटेको कुरा, त्यहाँ मेरो कुनै संलग्न छैन र कानुन विपरीत भए अनुसन्धान गर्न मैले पनि सहयोग गर्छु भनेको छु । धर्मको आडमा राजनिती कसैले नगर्नुहोला!’

यता, मेयर साम्पाङ माथि गोरुगाई काट्नेलाई संरक्षण गरेको आरोप लागेको छ। आईतवारे र मंगलवारेमा गाईगोरु काट्ने बधशाला नै सञ्चालनमा रहेको र त्यसलाई मेयरले संरक्षण गरेको स्थानीयको आरोप छ।

सुनसरी प्रहरीका एसपी प्रभु ढकालले पनि धरानमा गाई गोरु काट्ने बधशाला भएको विषयमा एक महिनाअघि प्रहरीलाई पनि जानकारी आएको तर अनुशन्धान गर्दा प्रमाणित गर्ने प्रमाण फेला नपरेको वताए।

यो पनि,
धरानकै जनता भन्छन्ः मेयर साम्पाङ निकम्मा हुन, दोषीलाई कारवाही किन नगरेको ?

विशेष