News

हर्क साम्पाङलाई स्थानीयको सुझावः इसाई होइनोउ भने मन्दिरमा गएर क्षमा पूजा गर

मेयरले नै सामाजिक सदभाव विगारेको स्थानीयको आरोप

हर्क साम्पाङलाई स्थानीयको सुझावः इसाई होइनोउ भने मन्दिरमा गएर क्षमा पूजा गर

मेयर हर्क साम्पाङकै कतिपय कृयाकलापका कारण धरान अहिले अशान्त छ। आफुलाई प्रकृति पुजक वताउने साम्पाङले इसाईको कार्यक्रममा केक काट्ने, मन्दिरको अगाडि चर्च निर्माण गराउने र गोरु काटेर भोज खाएको विषयलाई प्रमोट गर्न थालेपछि तनावको स्थिति पैदा भएको छ।

नक्सा पास र सर्जमिनसमेत नगरी धरान–१४ विजयपुरस्थित सिंहदेवी चोकमा रहेको बालगोपाल मन्दिरको अगाडि चर्च निर्माण भएको विषयले केही समय अघि निकै चर्चा पायो। यो चर्च मेयर साम्पाङले नै निर्माण गराएको आरोप छ। सुरुमा पार्टी प्यालेस बनाउने भनेर निर्माण सुरु गरिए पनि पछि चर्च बनाइएको स्थानीयले आरोप लगाउँछन्।

साम्पाङले भने चर्चमा पनि मानिसहरु नै भएकाले आफु डोजर लिएर भत्काउन जान नसकेको वताउने गरेका छन्। तर, यो विवादमा उनले हिन्दू धर्मावलम्बीमाथि पटक–पटक आक्रोश पोखे। उनले भनेका थिए, ‘मेरो प्रतिवाद हिन्दूहरुसँग होइन। अतिवादी झोलेहरुसँग हो, जो धर्मलाई हतियार बनाएर समाज भाँड्न चाहन्छन्।’ उनले हिन्दूको विरुद्धमा बोल्न बाध्य नबनाउन चेतावनी समेत दिएका थिए। ‘अहिलेसम्म सामाजिक सञ्जालमा हारेको रेकर्ड छैन है यो फुच्चे केटाको। विचार चोंगे,’ उनले भनेका थिए।

चर्च निर्माणको विवाद सेलाउन नपाउँदै अहिले गोरु काटेर भोज खाएको घटना सार्वजनिक भएको छ। चर्च निर्माण र गौहत्याको विरोधमा शनिवार श्री वैषणव परिद् नेपालले स्वधर्म–गोरक्ष शान्ति -याली निकाल्ने तयारी गरेको थियो। 

मेयर साम्पाङले -याली आयोजना गरेर अशान्ति मच्चाउन खोजिएको आरोप लगाए। उनले -याली आयोजना गरेर बाहिरबाट धरान आएर लड्ने, भिड्ने कुरा गरेको सुनिरहेको बताए। तर, -यालीलाई प्रहरीले धरान प्रवेश गर्नै दिएन। त्यसपछि पनि उनको घमण्ड र फुर्ती भने कम भएको छैन।

उनी -यालीले आफुलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको भन्दै प्रतिक्रिया दिन थालेका छन्। ‘हिजोसम्म मलाई नेपालकाहरुले मात्रै चिन्दथे ! आज पूरै दक्षिण एसियाले चिन्ने गरी ‘हर्क साम्पाङ मुर्दावाद’ भनेको देखें सुनें ! खुसीले गदगद बनें म ! कम्सेकम मेरो नामसम्म त सबैले लिए ! वास्तवमा म हिन्दु धर्मको विरोधी हुंदै होइन, सबै धर्मलाई सम्मान गर्ने प्रकृति पुजक हुँ म ! एक दिन हर्क साम्पाङ जिन्दावादको नारा पनि लाग्नेछ ! म ढुक्क छु !’ – भन्दै उनले फेसबुकमा लेखेका छन्।

यति मात्रै होईन, हिन्दुवादीहरुले अन्य धर्मलाई कुल्चन खोजेको आरोप पनि उनले लगाएका छन्। उनले लेखेका छन्–‘तिमी र ममा फरकः तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ ! म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु ! तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ ! म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु !’

तर, नागरिकमा भने उनले क्रिश्चियनलाई काखी च्यापेको वुझाई छ। धरानका पुराना पत्रकार हर्ष सुब्बा धरानको सामाजिक र धार्मिक सद्भाव बिग्रने अवस्था आउनुमा मेयर साम्पाङको थोरबहुत भूमिका रहेको बताउँछन्। ‘क्रिश्चियन च्यापेका छन्। मन्दिर अघि चर्च बनाए। गोरु काटेको कुरालाई पनि उनले ‘प्रमोट’ गरेजस्तो देखिन्छ। उनकै गतिविधिका कारण धरानको सामाजिक सद्भाव र धार्मिक सद्भाव बिग्रने संकेत देखा परेका छन्,’ सुब्बाले भने।

स्थानीयहरुले मेयर साम्पाङलाई हिन्दु विरोधीको आरोप लगाउँन थालेका छन्। ‘यदी उनी साँच्चै सवै धर्मलाई सम्मान गर्ने र ‘ईसाई’ होईनन भने बुढासुब्बा, दन्तकाली, पन्चकन्या र पिण्डेश्वरमा गएर क्षमापुजा गरुन’ एक स्थानीयवासी भन्छन्–‘फेसबुकमा बहुलाउनु भन्दा भगवानको दर्शन गरे उनीमाथि लाग्दै आएको आरोप र धरानमा देखिएको अहिलेको समस्याय पनि समाधान हुन्छ।’

विशेष