धरानेलाई गाईको मासु खान कस्ले सिकायो ? आईतबारे र मंगलबारेमा कस्ले खोल्यो गाई काट्न बधशाला ?
धरान प्रकरण प्रचण्ड र हर्क साम्पाङले गराएको आरोप, हिन्दुबाट क्रिश्चियन भएकाहरु वढि सकृय
गाई÷गोरु काटेर सामुहिक भोज गरेको विषयले अहिले धरान अशान्त छ। हिन्दु धर्ममा गाईलाई आमा (लक्ष्मी) र गोरुलाई महादेवको वाहनका रुपमा पुजिन्छ। अर्कोतर्फ गाई नेपालको राष्ट्रिय जनावर पनि हो।
मुलका ८० प्रतिशतभन्दा वढि नागरिकको आस्था र संविधानले राष्ट्रिय जनावरको रुपमा मानेको गाई÷गोरु काटेर भोज गर्दै हिन्दुहरुलाई चुनौती दिन थालेपछि हिन्दु धर्ममा आस्था राख्नेहरु आक्रोशित छन्।
गाई/गोरु काटेर भोज गर्नु, ‘यसलाई अव देशब्यापी बनाउनु पर्छ’ भन्दै प्रचार गर्नु र फोटो/भिडियो खिचेर सामाजिक सञ्चालमा राख्नुले संविधान, कानुन र हिन्दु धर्माबलम्वीहरुलाई ‘के ख्याँस्न सक्छौ, ख्याँस ?’ भनेको रुपमा वुझिएको छ। जसको प्रतिक्रिया हिन्दुहरुले देखाई पनि सके।
यो घट्नाले धरानका जनजाती र हिन्दुधर्मावलम्वीकाबीचमा द्वन्द्वको अवस्था समेत निम्त्याएको जानकारहरु वताउँछन्।सामाजिक सञ्जालमा यसका छिटाहरु देखिन थालेका छन्। छिटपुट रुपमा देखिएका धार्मिक र जातिय द्ववेशका छिटा समयमै नपखाल्ने हो भने यसको रङ सरेर देशब्यापी आकार लिन सक्ने सम्भावना रहेको उनीहरु वताउँछन्।
हिन्दुहरुले आक्रोश ब्यक्त गर्ने अनि अर्कोपक्षले त्यसलाई चुनौतीका रुपमा लिने अवस्था कायमै रहे धरान प्रकरणले ठुलो रुप लिन सक्ने अवस्थालाई राजनीतिक दलका नेताहरुले पनि वुझेकै हुनु पर्छ। त्यसैले शनिवारै कांग्रेस नेता शेखर कोईरालाले धरान प्रकरण प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु गरेको आरोप लगाई सके।
२०५१ सालमा माओवादी गठन गरेर भुमिगत भएका दाहालले गाई÷गोरु काटेर खान त सिकाएकै हुन, प्रदेशको नाम कोशी राखेको विषयमा असन्तुष्ट भएको समुहलाई उकास्ने काम समेत गरे। केही दिनअघि मात्रै उनले ‘जातिय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नु पर्छ’ भन्ने पक्षधरलाई सम्वोधन गर्दै ‘माओवादीलाई वहुमत दिए जातिय पहिचानका आधारमा प्रदेशको नामकरण गर्ने’ भन्दै उचाले।
यसरी, प्रधानमन्त्रीले नै सल्किदै गरेको आगोमा घिउ थप्ने काम गरे। जसको परिणाम अहिले धरान घट्नाका रुपमा देखिएको छ।
नेपालमा गाई/गोरुको मासु खान पनि माओवादी नेतृत्वले नै सिकाएको हो। जातीय भेदभावको अन्त्य गर्ने नाममा उनीहरुले गाउँका सोझासाझा नागरिकका खसी, बाख्रा, गाई, गोरु, राँगाभैँसी, सुँगुर सवै काटेर खाए। यो कुरा नेपाली कांग्रेसका नेता/कार्यकर्ता मात्रै होईन, तत्कालिन माओवादी लडाकु नेरुता मोक्तान तामाङले अनलाईन पोर्टमा लेख नै छापेर पुष्टि गरेकी छिन्।
रामेछापको उमाकुन्डकी उनले माओवादी नेता जनार्दन शर्मालाई सोधेकी छिन्–‘जनार्दन शर्मा ज्यू छातीमा हात राखेर भन्नुहोस् हिजो तपाई रहेको क्याम्प–क्याम्पमा गोरुको मासु हुन्थ्यो कि हुन्थेन ?’
माओवादीको क्याम्पमा मात्र होईन, सहभोजका नाममा गाउँका गाउँ सवैलाई गाई र गोरुको मासु खुवाएको माओवादीले नै हो। यो कुरा कतिपय माओवादी नेताहरु नै स्विकार्छन। त्यसैको प्रभावले अहिले ति क्षेत्रका मानिसहरु गाई गोरु खान थालेका छन्।
अर्कोतर्फ धरानका धेरै मान्छे वैदेशिक रोजगारमा छन्। धरान लाहुरेहरुको शहर पनि हो। व्रिटिस र भारतीय आर्मी बाहेक हङकङ, मकाउ, ब्रुनाई लगायतका देशमा पनि धरानेहरु धेरै छन्। ति देशमा वैदेशिक रोजगारीका लागि गएका अधिकांश धरानेले गाईगोरुको मासु खान जानेका छन्।
यसैगरी, धरान माओवादी जनयुद्धको बैचारिक प्रभाव परेको ठाउँ पनि हो। नाकचुच्चे र नाक थेप्चे भन्ने भावना धरानमा धरै छ। यो भावनामा इसाइकरणले अघुल्टो झोस्ने काम गरेको छ स्थानीयहरु बताउँछन्।
यीनै कारणले धरानमा गाईगोरु खानुलाई पुरुसार्थ ठान्न थालिएको छ। मदिरासँग गाईको मासु खानु सामान्य वनेको छ। धरानको मङलबारे र आईतबारेमा गाईगोरु काट्ने बधशाला नै सञ्चालमा छ। बिहान उज्यालो हुनुभन्दा अगाडि नै काटकुट गरिन्छ र बिक्रीवितरणका लागि राखिन्छ। अनि दिनभरी बेचिन्छ। गाईगोरुको मासु किन्न आईवारे र मंगलवारेमा धरानका मात्र होईन नगरवाहिरबाट पनि मानिसहरु पुग्ने गरेको स्थानीयहरु वताउँछन्। यो विषय प्रहरी÷प्रशासनको जानकारीमा पनि छ। तर, प्रहरी भने पुष्टि गर्ने प्रमाण नभेटिएको वनाएर वसेको छ।
बधशालाको संरक्षण मेयर हर्क साम्पाङले गरिरहेको आरोप छ। गाईगोरु काटेर खानेहरुलाई मेयरको संरक्षण रहेको उनका अभिब्यक्तिहरुले पनि पुष्टि गरिरहेका छन्। उनले गाईगोरु काट्नेलाई निरुत्साहित गर्ने भन्दा पनि सामाजिक सञ्जालबाट प्रोत्साहित गर्ने काम गरे। गाईगोरु काटिएको विषयलाई उनले आफनो पनि पुरुषार्थका रुपमा पनि वुझे। क्रिश्चियनहरुको कार्यक्रममा गएर केक काट्नेदेखि मन्दिर अगाडि चर्च बनाउनेसम्मका काममा उनको सहभागिता देखियो। अन्य धर्मलाई भने उनले जहिलै गाली मात्रै गरे।
जातिवादका नाममा ‘मुलवासी’ भन्दै जनजातीलाई उक्साउने काम मेयर साम्पाङले गरेका छन्। खास गरी हिन्दुबाट धर्म परिवर्तन गरी इसाई भएका ब्यक्तिहरु अहिलेको अवस्थालाई मलजल गरिहेको स्थानीयहरुको आरोप छ। जनजाती बाहुल्य क्षेत्र धरानमा हिन्दुहरुप्रति वितृष्णा पैदा गरेर धर्मान्तरणको अभियान सञ्चालन गर्ने उदेश्य अनुसार गोरु प्रकरण सुरु गरिएको राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव वताउँछन्।
यसको जिम्मेवारी प्रधानमन्त्री दाहाल र धराने मेयर हर्क साम्पाङले लिनुपर्ने धेरैको मत छ।