News

धनगढीमा पथ्थरीको अप्रेशन गर्दा डाक्टरले विरामीको किड्नी निकालेपछि...

धनगढीमा पथ्थरीको अप्रेशन गर्दा डाक्टरले विरामीको किड्नी निकालेपछि...

कैलालीको धनगढी स्थित स्वस्तिक मल्टिस्पिसियालिटी अस्पतालका डाक्टरहरुले पथ्थरीको अप्रेशन गर्दा मृगौला झिकिदिएपछि एक जना विरामीको मृत्यु भएको छ।

सिँढीबाट लडेर घाईते भएपछि उपचारका लागि शुक्रवार अस्पताल भर्ना भएको कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो। लडेर घाईते भएपछि उपचारका लागि लगिएका चौधरीलाई परिक्षणका क्रमममा मिर्गौलामा पत्थरी रहेको पत्ता लागेको थियो।

त्यसपछि पथ्थरी निकाल्न अप्रेशन गर्ने सहमति भयो। तर, उपचारका नाममा अस्पतालले आफनो काकाको ज्यान लिएको राजकुमार चौधरीले वताए। पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएको भन्दै डाक्टरले मृगौला नै निकाली दिएको उनको आरोप छ।

डाक्टरहरुले उनको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलाको अप्रेसन गर्नु पर्ने बताएका थिए। विरामीका आफन्तले उनीहरुको सल्लाह मान्दै गए। शनिवार दिउँसो अप्रेसन गरेर डाक्टरहरुले झिकेको पत्थरी पनि देखाए। तर विरामीको अवस्था झन जटिल हुँदै गयो।

राती हुँदै गएपछि पेट फुल्न थालेको र निकै गाह्रो भएपछि डाक्टरहरुले ‘किड्नीको नसा काटियो, बिरामी चाहियो की किड्नी ?’ भनेर प्रश्न गर्न थाले। किड्नी झिकेर मान्छे जोगिने भए झिकिदिनोस भनेपछि राति २ बजे किड्नी निकालेको राजकुमारको भनाई छ।

आइतबार बिहानदेखि बिरामीको अवस्था झन विग्रदै गएको र दिउँसो २ बजेपछि डाक्टरले अव बचाउन सकिँदैन भन्न थालेको उनले वताए। त्यसै क्रममा आइतबार राति ‘बिरामीको मृत्युु भयो, हल्ला नगरिकन लानोस। कति पैसा चाहिन्छ भन्नोस’ भन्दै जवाफ दिएको आफन्तको गुनासो छ। 

अस्पतालका अध्यक्ष महेश जोशीले यसरी जवाफ दिएपछि विरामीका आफन्त आक्रोशित छन्। अध्यक्ष जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तश्राव भएको र बायाँ मिर्गौला झिक्नु परेको स्विकारेका छन्।

मृतकका ४ छोरी र २ छोरा छन्।
 

विशेष