इभिनिङ वाक हिडेका सेनाका मेजर २४ घण्टादेखि वेपत्ता
डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज एवम् गुल्मपति विमल पण्डित आइतबार अपरान्हदेखि वेपत्ता भएका छन्। ‘त्रिपुरातिर जान्छु’ भन्दै हिडेका उनी फर्केर गुल्ममा नआएको जनाईएको छ।
डोल्पाका सीडीओ भूमिश्वर पोखरेलका अनुसार आईतवार व्यारेकबाट निस्किएका उनी फर्केर आएका छैनन्। पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन।’
पोखरेलले मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै त्रिपुरातिर परिचालित गरिएको बताएका छन्।
‘हामीले डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरेका छौँ। अहिलेसम्म उहाँ भेटिनु भएको छैन। त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको छ।’– उनले भने।
मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउनु एक्लै जान्छु भनेर गएका थिए।
पोखरेले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेट्वर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।